काठमाण्डौं।काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र पदका उम्मेदवार बालेन साहले मतगणना प्रक्रियामा आपत्ति जनाएका छन् । मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्ने कुरामा साहले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन । हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको ‘मतभार’ बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.