Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

मतगणना प्रकियामा बालेनको कडा आपत्ति

loading views..
Nepal Telcome

काठमाण्डौं।काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र पदका उम्मेदवार बालेन साहले मतगणना प्रक्रियामा आपत्ति जनाएका छन् ।  मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्ने कुरामा साहले आपत्ति जनाएका हुन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन । हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको ‘मतभार’ बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link