Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

शहीदलखन गाँउपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र विजयी

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।गोरखाको शहीदलखन गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् ।अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रमेश थापामगरले ५ हजार २५ मत प्राप्त गरेर दोस्रो कार्यकालका लागी पालिका अध्यक्षमा विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनोजकुमार जोशीलाई १ हजार भन्दा बढी मतान्तरले पराजित गर्नुभयो । जोशीले ३ हजार ९४३ मत प्राप्त गर्नु भएको छ ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार ईन्दिरा तिवारी ४ हजार ६६९ मतका साथ बिजयी हुनु भएको छ ।

थापा र तिवारी पुनः दास्रो कार्यकालका लागी अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँहरु दुबै जना ०७४ को स्थानीय तह चुनाबमा पनि अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link