गोरखा।गोरखाको भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा लोकप्रसाद बञ्जारा र उपाध्यक्षमा अमृता वस्तीले विजयी भएका छन् । अध्यक्ष बन्जाराले ४ हजार ९८० मत ल्याए भने उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरुङले ४ हजार ८ सय ८५ मत ल्याएका थिए ।
त्यस्तै, उपाध्यक्षमा पदमा भने नेपाली कांग्रेसकी अमृताले माओवादी केन्द्रकी उम्मेदवार जुनु माया श्रेष्ठलाई पराजित गरेकी छिन् । वस्तीले ४ हजार ९ सय ४९ मत ल्याएर उपाध्यक्षमा पदमा विजयी हासिल गरेकी हुन् ।
यस गाउँपालिकाको वडा नम्बर १, ५, ६,७ मा माओवादी केन्द्र बिजयी बनेको छ भने वडा नम्बर २,३,४ मा नेपाली कांग्रेस बिजयी बनेको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.