Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

सातजना मन्त्रीले सामूहिक राजिनामा दिए

loading views..

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै सरकारका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनीहरुले सामूहिक राजीनामा बुझाएका हुन्।

राजीनामा गर्नेहरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु रहेका छन्। यद्यपि गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्ट भने यसमा सहभागी छैनन्।

प्रतिनिधिसभाको विघटनको प्रस्तावमा असहमति जनाउँदै आफूहरुले सामुहिक राजीनामा बुझाएको उनीहरुले जनाएका छन्। यसरी राजीनामा बुझाउने मन्त्रीहरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराई, रामेश्वर राय यादव र विना मगर रहेका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्