एक लाख मत गणना हुँदा बालेन पहिलो, केशव स्थापित तेस्रो

एक लाख मत गणना हुँदा बालेन पहिलो, केशव स्थापित तेस्रो

काठमाण्डौं।काठमाडौँ महानगरमा एक लाखभन्दा बढी मत गणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार काठमाडौँमा एक लाख ३४ मत गणना भएको छ ।

कूल मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि रहेका छन् । उनले नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई पछि पारेका छन् ।

बालेनले ३६ हजार २२६ मत पाउँदा दोस्रो स्थानमा रहेकी सिर्जनाले १९ हजार ९१० मत पाएकी छन् ।

यस्तै, तेस्रो स्थानमा पुगेका एमाले केशव स्थापितले १९ हजार ८५० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.