Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारमा १० प्रतिशत छुट पाउने

loading views..
Nepal Telcome

पोखरा।माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा.लिसँग उक्त व्यवसायिक सम्झौता गरेको हो ।

सो सम्झौतापत्रमा अन्नपुर्ण केबुलकारको तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले सो क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link