चितवन । जिल्लाको भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । ८५हजार ९ सय ६१ मत गणना हुँदा गठबन्धनले आफ्नो अग्रता कायम राखेको हो ।
गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३३ हजार ७२२ मत पाएकी छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २६ हजार ४५९ मत पाएका छन् । रेनुभन्दा सुवेदी ७हजार २६३ मतले पछाडि रहेका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १५ हजार २३० मतले अग्रता लिएका छन् । अधिकारीले ३६ हजार ०७७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २० हजार ८४७ मत पाएकी छन् ।
महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा छन् ।(बिहान दुई बजे सम्मको )
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.