Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

रेनु दाहाल फराकिलो अग्रता सहित अगाडी।

loading views..
Nepal Telcome
नदीपुर दुध

चितवन ।चितवन जिल्लाको भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । ८८हजार २ सय ८४ मत गणना हुँदा गठबन्धनले आफ्नो अग्रता कायम राखेको हो ।

गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३४ हजार ६८४ मत पाएकी छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ३७० मत पाएका छन् । रेनुभन्दा सुवेदी ७हजार ३१४ मतले पछाडि रहेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ६७२ मतले अग्रता लिएका छन् । अधिकारीले ३६ हजार ८९३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २१ हजार ६२१ मत पाएकी छन् ।

महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा छन् ।(बिहान ५ः१५बजे सम्मको )

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link