काठमाडौं । यति बेला देशभरका सचेत नागरिकहरुको ध्यान काठमाडौं महानगरपालिकाको मेयरका लागि भइरहेको निर्वाचनको मतगणनामा केन्द्रित रहेको छ।त्यसो त स्वतन्त्र उम्मेदवार वालेन्द्र मत परिणामले निकै अगाडि छन्। वालेन्द्रले दोस्रो स्थानका उम्मेदवारले भन्दा झण्डै दोब्बर मत ल्याएका छन् । उनलाई भेट्टाएर विजय हासिल गर्ने दोस्रो र तेस्रो स्थानका उम्मेदवारको सम्भावना क्षीण हुँदै गएको छ । वालेन्द्र विजेता दौडमा एक्लै छन् । उनी दोस्रो स्थानका कांग्रेसकी उम्मेदवार सृजना सिंह भन्दा झण्डै दोब्बर मतले अगाडि छन् । वालेन्द्रले ३९ हजार ६ मत पाएका छन् ।सृजना सिंहले २२हजार ७२ मत पाएकी छन् । तेस्रो स्थानमा केशब स्थापितले २१ हजार ५७१ मत पाएका छन्। वालेन्द्र निकै अगाडि बढ्दा दोस्रो हुनका लागि सिंह र स्थापित बीच कडा टक्कर देखिएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.