Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

ग्याँसको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढेर १८ सय पुग्यो

loading views..
Nepal Telcome

पोखरा।नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । हवाइ इन्धन (आन्तरिक) को भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ । निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाउनुपरेको बताएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो।

एक हप्ता नवित्दै निगमले पुन मूल्य वृदी गरेको हो । पेट्रोलियम पदार्थमा पटक पटक भएको मूल्य वृद्धीले जनता मारमा परेका छन् । पेट्रोलियम पदार्थको मूल्य बृद्धी प्रतक्ष्य रुपमा महंगिसँग जोडिने गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link