संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन कायम रहने

संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन कायम रहने

पोखरा। स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् उनीहरू आगामी प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन्

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेल समीक्षा भएको थियो

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेल सत्ता गठबन्धनमा सन्तुष्टि रहेको अब प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनमा पनि तालमेल हुने जानकारी दिए

स्थानीय तहमा आएको परिणामले सत्ता गठबन्धनमा सन्तुष्टि , मुलुकलाई जोगाउन प्रतिगमन विरोधी तथा लोकतन्त्र पक्षधरदलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको , अब सत्ता गठबन्धन संसदीय निर्वाचनसम्म नै जान्छ, हाम्रा बीचमा चुनावी तालमेल जारी रहन्छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा सोचे जति नतिजा नआए पनि आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन सँगसँगै अघि बढ्ने बताए

देशको अग्रगतिका लागि गठबन्धन अझै अघि जानुपर्छ, प्रतिगमन विरोधी शक्तिहरूलाई तह लगाउन पनि आगामी निर्वाचनमागठबन्धनबीच तालमेल आवश्यक ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले गठबन्धनको कोर्स प्रतिगमन विरुद्धको कोर्स रहेको जनप्रतिनिधिमूलक संस्थालाई बचाउन तथा संविधानको रक्षा गर्न गठबन्धन अघि बढेको बताएको आजको राजधानी दैनिकमा खवर छापिएको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.