रेनु दाहालको जित सुनिश्चित।

रेनु दाहालको जित सुनिश्चित।

चितवन। चितवन जिल्लाको भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । एक लाख ८हजार ४५ मत गणना हुँदा गठबन्धनले आफ्नो फराकिलो अग्रताका साथ अगाडि बढेको छ। ।

गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४३ हजार ४८४ मत पाएकी छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ६१२ मत पाएका छन् । रेनुभन्दा सुवेदी ९ हजार ८७२ मतले पछाडि रहेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १८  हजार २१३ मतले अग्रता लिएका छन् । अधिकारीले ४४ हजार ८२८मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २६ हजार ६१५ मत पाएकी छन् ।

महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा छन् ।(बिहान ६ः२५बजे सम्मको )

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.