Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

व्यास नगरपालिकामा दिपकराज जोशी पराजित

loading views..

तनहुँ।तनहुँको व्यास नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा काँग्रेसका उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले ११ हजार ८२६ मत पाए ।

यस्तै उपप्रमुखमा पनि काँग्रेसकै इन्दिरा दरै १२ हजार ४९८ मतसहित विजयी भएकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् । ०७४ मा पनि व्यासको मेयरमा काँग्रेसकै न्यौपाने र उपमेयरमा मीरा जोशी निर्वाचित भएका थिए ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्