पेट्रोलियम पदार्थको मूल्य बृद्धि….

पेट्रोलियम पदार्थको मूल्य बृद्धि….

भरतपुर।नेपाल आयाल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयबाट पेट्रोल र डिजेलको पूर्वाधार कर बराबरको रकम प्रति लिटर १० रुपैयाँ घटाएर समायोजन गरेको हो ।

मूल्य समायोजनपछि खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोल, डिजल र मट्टितेलमा कमशः १७०, १५३ र १५३ रुपैयाँ कायम गरेको थियो । मूल्य घटाएर समायोजनपश्चात पनि निगमको १५ दिनको घाटा करिब ३ अर्ब ८९ करोड कायम रहेपछि मूल्य बढाएको हो ।

निगमले आज रातिदेखि लागु हुने गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा ८ रुपैयाँले वृद्धि गरेको छ । जसअनुसार पेट्रोल प्रति लिटर १७८ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा १२ रुपैयाँले बृद्धि गरी प्रति लिटर १६५ रुपैयाँ कायम गरिएको छ ।

एल‍पी ग्यास तथा हवाई इन्धनको मूल्य भने हाललाई यथावत् नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.