नुवाकोट, २८ जेठ । विद्युत पोलमा चढेका ४४ वर्षका माइला विकको ६ घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । नुवाकोटको ककनी गाउँपालिकाको हाइटेन्सन लाइनको तारमा चढेका उनको ६ घण्टापछि उद्दार गरिएको हो ।
मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए।
उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा विद्युत् प्रवाह बन्द गरिएको थियो।
प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विकले मानेका थिएनन्। उनलाई बिशेष सावधानीका साथ हेलिकप्टर मार्फत तल झारीएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.