Skip to content
Pokharapress Logo
२७ मंसिर २०८२, शनिबार

एमालेले बाहेक देशलाई विकसित र आधुनिक बनाउन अरुले सक्दैनन् : ओली

loading views..

काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन्।

अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकिर समेत गरे।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरूको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताए।

एमालेजस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको पनि अध्यक्ष ओलीले पटकरपटक दोहोर्‍याए।

उनले एमालेबाहेक अन्य दलले ‘समृद्ध नेपालः सुखी नेपाली’ भनेको सुन्नु भएको छरु भनि प्रश्न समेत गरे।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्