१४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग।

१४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् ।

उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त दिन कोही अनाधिकृत व्यक्ति नछिरेको दाबी गरेपछि एमालेका सांसदहरूले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका हुन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त दिनको सीसीटिभी फुटेज सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने उनले चेतावनी दिए ।

तत्पश्चात सभामुख सापकोटाले बैठकअगाडि बढाउन खोज्दा एमाले सांसद उठेर विरोध जनाए । सभामुख सापकोटाले बैठक चल्न दिन आग्रह गर्दा एमाले सांसद नमानेपछि कार्यसूचीबाट बाँकी रहेका कारबाही हटाएर भोलि बुधबार ११ बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.