Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

उपराष्ट्रपति कार्यालयमा प्रचण्ड बाबुरामबीच गोप्य भेटघाट

loading views..

काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शनिबार भेटवार्ता भएको थियो।

लामो समयदेखि समाजवादी केन्द्र निर्माणको कोशिसमा रहेका दुई नेताबीच सोही विषयमा केन्द्रित भएर छलफल भएको हो ।

स्रोतका अनुसार समाजवादी केन्द्र निर्माणबाहेक प्रचण्डले नेता भट्टराईलाई जसपाबाट अलग्गिएर एमालेसँग मिल्न लागेकोबारे सोधेका थिए। तर हालको कांग्रेससहितको गठबन्धनमा रहनेमा भट्टराईले प्रचण्डलाई आश्वस्त पारेका थिए।तथापि एमालेसँग मिल्न बाबुराम कम्मर कसेर लागेका छन्।एमाले श्रोतले बतायो।

उक्त भेटमा जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनाउनेबारे पनि छलफल भएको श्रोतले दावी गरेको छ।

यसअघि पनि नेकपा कायमै हुँदा बाबुराम भट्टराई, प्रचण्ड र उपेन्द्र यादवबीच समाजवादी केन्द्र निर्माणबारे पटक पटक उपराष्ट्रपति पुन निवासमा नै बसेर छलफल भइसकेको थियो।

उपराष्ट्रपति पुनले उनीहरुलाई मिलाउने प्रयास गरिरहेका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्