Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गोरखा नगरपालिकाको नीति तथा कार्यक्रम आज आउने

loading views..

 

गोरखा। गोरखामा यस अघि नै पालिकाहरुले नीति तथा कार्यक्रम पेश गरेता पनि गोरखा नगरपालिकाले भने आज नीति तथा कार्यक्रम र बजेट पेश गर्न लागेको छ ।

सबै पालिकाहरुले असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्त भित्र पारित गरि सक्नु पर्ने कानुनी ब्याबस्था अनुसार गोरखा नगरपालिकाले पनि आज नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याई सकेका छन् । अन्तर सरकारी बित्त हस्तारण ऐन अनुसार स्थानिय तहले असार १० भित्र बजेट पेश गरि सक्नु पर्छ । समयमा बजेट नल्याएको अबस्थामा केन्द्र सरकारबाट स्थानिय तहमा जाने अनुदान र राजश्ब बाँडफाडमा समस्या पर्न सक्छ । सो वर्ष ९३/९४ करोडको बजेट आउन सक्ने नगरपालिकाको उच्च श्रोतले बतायो।त्यसो त गत आर्थिक वर्षको चालू बजेट भन्दा यो आर्थिक वर्षको बजेट घटेर आउन सक्ने सम्भावना रहेको सोही श्रोतले बतायो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्