बिप्लबको पार्टीबाट सयौंको सामूहिक राजिनामा!

बिप्लबको पार्टीबाट सयौंको सामूहिक राजिनामा!

काठमाडौँ ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

राजीनामा दिनेमा  पूर्व पोलिटव्युरो सदस्य सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुन, केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार रहेका छन् ।

प्रेस विज्ञप्तिमा उल्लेख छ – ‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ ।

टुट फुट र विभाजन होइन एकतावद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन राजीनामा दिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.