Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

सुन्दर संबृद्वि नगरपालिका बनाउने घोषणा सहित गोरखा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

loading views..
Nepal Telcome

गोरखा।गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले नगरपालिकाको नीति तथा कार्यक्रम पेश गर्दै सुन्दर र सबृद्वि गोरखा नगरपालिका बनाउने उल्लेख गरेका छन् ।ऐतिहासिक दृष्टिकोणले पनि गोरखा उद्वगम स्थल भएकाले समग्र यहाँ भएका गोरखा दरबार , पृथ्बीनारायण शाहबाट गोरखा राज्यको बिस्तार अभियानको थालनी भएको जिल्ला भएको हुँदा यसको महत्व झनै बढाउदै लाने उल्लेख गरेका छन् । नगरपालिकाले नगर बिकासको लागि दीर्घकालिन गुरु योजना तयार गरि सुन्दर समबृद्वि नगरपालिका निर्माण गरि जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक ठाँउमा पर्यटकिय हब बनाई आर्थिक आयआर्जनमा समेत लाभ हुने नीति तथा कार्यक्रममा समाबेश गरेका छन् ।

सबै नगरबासीको जीवन स्तरमा सुधार ल्याउने आर्थिक , सामाजिक , भौतिक बाताबरणिय एबम मनाबैज्ञानिक बिकास र ,सरक्षण गर्दै दिगो बिकास र लक्ष्य हासिल गरि छाड्ने कार्यक्रममा पारेका छन् । नगर भित्रका उत्पिडित बर्ग , जातजाति , क्षेत्र लिङग र समुदायको बिकासमा उल्लेखनिय बिकासमा जोड गरिएको छ । नीति तथा कार्यक्रममा कृषि , पर्यटन , बन तथा वातावरण , स्पास्थ्य , खेलकुद महिला तथा बालबालिका र जेष्ठ नागरिक सबैलाई समेटी कार्यन्यन गरिने उल्लेख गरिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link