Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बिपन्नका लागि सहारा बन्दै गोरखा नगरपालिका

loading views..
Nepal Telcome

गोरखा।गोरखा नगरपालिका गोरखाले नगर भित्र रहेका एकल बिपन्न महिलाहरुलाई आयआर्जन हुने गरेर जिबिका उपार्जन गर्ने उद्वेश्यले सोमबार २८ वटा बङगुर बितरण गरिएको छ ।

कृषि तथा पशु शाखाले आज एक कार्यक्रम गरि नगर भित्रका एकल महिला तथा गरीब व्यक्तिहरुका लागि आम्दानी र गुजरा चलाउन सहज होस् भन्ने मनासयले बङगुर बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले जानकारी दिनु भयो । बङगुर बितरणले आयआर्जनमा समेत बृद्वि भई जिउनको लागि सहज हुने गोरखा नगरपालिका वडा न १३ का जुनकि सुनारले बताइन। हामी जस्ता बिपन्न बर्गको लागि नगरपालिका सहारा बनेको उनको भनाइ छ । यस्तो कामले सकारात्मक सन्देश जाने भन्दै बिपन्न र गरिबका लागि जहिले पनि यस्तै काम गर्न सल्लाह दिइन । कार्यक्रममा बङगुर बितरण गर्दै गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले महिला , तथा बिपन्न बर्गहरुको लागि आफू सधै साथमा रहने बिश्बास ब्यक्त गरे । अबका दिनमा धेरै महिला र कृषकलाई पुरै अनुदान दिने बताउँदै यसै कार्यक्रम अन्तरगत गरिब तथा कृषकलाई पनि ५०% प्रतिशत अनुदानमा छ/छ जना जम्मा गरेर ३४ जना कृषकलाई बङगुर बितरण गरिएको कृषि तथा पशुपन्क्षी शाखाका प्रमुख नवीन अधिकारीले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link