गोरखा। नेकपा एमाले गोरखा जिल्ला कमिटी सदस्य मिन बहादुर बाँनिया नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन् ।निकै लामो समय नेकपा माओबादी केन्द्रमा आबद्व रहि माओबादीले चलाएको दस बर्षे जनयुद्वमा पनि आफ्नो सक्रिय भूमिका निर्बाह गर्दै आएका बाँनिया जिल्ला कमिटीको नेतृत्वमा पुग्न सफल भएका थिए ।
पुराना कम्युनिष्ठ नेताका रुपमा परिचित बाँनिया पालुङटार नगरपालिका वडा न ९ स्थित राम्चेमका स्थायी बासिन्दा हुन। पालुङटारलाई राजनितिक कार्य क्षेत्र बनाउदै आफ्नो भूमिका बढाउदै लगेर पालुङटार नगरपालिकाको सक्रिय नेताको रुपमा परिचय बनाउन सफल भएका थिए ।उनै बाँनिया माओबादीले चलाएको दस बर्षे जनयुद्वमा समाज रुपन्तरणका लागि विभिन्न मोर्चामा जिम्मेबरी समाल्दै कठिन अबस्थमा पनि आन्दोलनको मोर्चामा सहभागी हुँदै जनबर्गिय संगठनमा रहि कुशलता पुर्बक जिम्मेवरी निर्बाह गरेका थिए । माओबादी केन्द्र र नेकपा एमालेले चुनाबी तालमेल गर्दै पार्टी एकता गर्दा सम्म बाँनिया नेकपामा आबद्व नै थिए।जब नेकपा एमाले र माओबादी केन्द्र अलग अलग पार्टी भयो तब बाँनिया नेकपा एमालेमा नै सक्रिए भएका थिए। त्यसो त एमालेमा रहँदा पनि निक्कै नै क्रान्तीकारी चेत राख्ने उहाँको भूमिकाले एमालेहरुलाई सहि दिशामा ल्याउन र जनताको सेवा गर्नेकुरामा एउटा नेतृत्वदायी भूमिका निर्बाहा गरिरहे पनि गधालाई धोएर गाई बनाउन नसकिने निचोडका साथ उनी आफ्नो पुरानो पार्टी नेकपा माओबादी केन्द्रमा नै फर्किएका हुन्।
नेकपा एमालेमा मन भाबाना र बिचारमा असहमति भए पछि त्यो पार्टी बस्न मन लागेन र आफ्नै पार्टीमा फर्कने निर्णय गर्दै आफ्नै पुरानो घर माओबादी केन्द्रमा प्रबेश गरेको छु।पार्टी दिएको जिम्मेवरी इमानदारिताका साथ बहन गर्दै अब म जति समय बाँच्छु वारहन्छु माओबादी भएर बाँच्ने प्रण गर्दछु । कार्यक्रममा नेकपा माओबादी केन्द्रका युबा नेता संघिय सांसद चुडामणि खड्काले खाँदालगाएर पाटीमा प्रबेश गराउनु भयो ।नेकपा माओबादी केन्द्र भनेको कम्युनिष्ठहरुको मुल घर हो ।यही पार्टीमा गोलबन्ध हुनु सच्चा कम्युनिष्टहरुलाई अपिल गर्दै जात्रा हिडेका कम्युनिष्ठहरुलाई ढिलो नगरी फर्कन विशेष अनुरोध गरेका छन्।