Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

गोरखाकाका ९ पालिका र राष्ट्रिय भूमि आयोगबीच सम्झौता पत्रमा हस्ताक्षर

loading views..
Nepal Telcome

गोरखा।गोरखाको नौवटा  पालिका राष्ट्रिय भूमि आयोग बीच भूमिहिन  दलित , भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अब्यवस्थित बसोबासीलाई ब्यबस्थापन गर्ने बिषयमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको

सहमति पत्रमा भूमिहिन दलित , सुकुमबासी अब्यवस्थित बसोबासीका पहिचान लगत संकलन प्रमाणिकरणको काम स्थानिय तहले गर्ने भूमि आयोगले समन्वय गरेर लालुपुर्जा बितरण गर्ने साथै असोजसम्म भूमिहिन दलित , सुकुम्बासीलाई  लालुपर्जा दिलाइसक्ने भूमि आयोग गोरखाकी जिल्ला अध्यक्ष कमला नहर्कीले बताइन् सहमति पत्रमा भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र पालिकाका मेयर/अध्यक्षले हस्ताक्षर गरेका छन्।। गोरखाका ११ पालिका मध्ये बारपाक सुलिकोट सहिद लखन गाँउपालिका बीच पहिले नै सम्झौता भइसकेको थियो।

भूमिहिन दलित , सुकुमबासी अब्यबस्थित बसोबाबासी पहिचान प्रमाणीकरणको लागि आधार मापदण्ड उपलब्ध गराउनेसम्बन्धित नापी कार्यालय मार्फत जग्गा नाप नक्सा गर्न नापी टोलि खटाउने सहमति भएको थियो। सहमति पछि वडा पालिकामापूर्ण रुपमा अधिकार गएकाले जति  वडा पालिकाले काम  छिटो गर्छन् त्यति नै छिटो लालुपुर्जा पाउने भुमि आयोग गोरखाकासदस्य बिपिन चन्द्र ढकालले बताए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link