तत्कालिन नेकपाकाका बहुमत नेतृत्वबीच बैठक

तत्कालिन नेकपाकाका बहुमत नेतृत्वबीच बैठक

काठमाडौं । तत्कालीन नेकपा हुँदाका सचिवालय सदस्यहरुबीच छलफल भएको छ ।आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल,  वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठका बीच छलफल भएको हो ।

उनीहरु सबै तत्कालीन नेकपाको सचिवालयमा थिए । ओली लगायतका एमालेमा रहेका तत्कालीन सचिवालयका नेताहरु भने बैठकमा सहभागी भएनन् ।

बैठकका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काङ्ग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.