गोरखा नगरपालिकाद्वारा कृषक तथा कृषि फर्मलाई कृषि औजार उपकरण बितरण

गोरखा नगरपालिकाद्वारा कृषक तथा कृषि फर्मलाई कृषि औजार उपकरण बितरण

 

गोरखा।गोरखा नगरपालिकाले पालिका भित्र दर्ता भएर सञ्चालनमा आएका र प्रकिया पुगेका विभिन्न कृषक तथा फर्मलाई कृषि औजार उपकरण बितरण गरेको छ ।

आज एक कार्यक्रम गरि गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले कृषि औजार तथा उपकरण हस्तान्तरण गर्नु भएको हो। पशुपालन गर्ने कृषक तथा फर्मलाई ५०% प्रतिशतको अनुदानको १८ थान घाँस काट्ने मेसिन ७५% प्रतिशत मूल्य अनुदानमा १९ वटा फर्मलाई मकै छोडाउने मेसिन ७५% प्रतिशत मूल्य अनुदानमा कुटनी पिसनी मिल ११ वटा कृषक समूह तथा फर्मलाई साथै दाना बनाउने मेसिन ५० प्रतिशत  अनुदानमा ४ वटा फर्मलाई बितरण गरिएको कृषि शाखा प्रमुख नबिन अधिकारीले बताए । कृषि शाखामा धेरै माग भने कुटनी र पिसनी मेसिनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.