रामेछाप बस दुर्घटनाः हालसम्म १३ जनाको मृत्यु

रामेछाप बस दुर्घटनाः हालसम्म १३ जनाको मृत्यु

काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा हालसम्म १३ जनाकौ मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा परी ९ जनाको घटना स्थलमै ज्यान गएको थियो भने, अन्य ४ जनाको बाटोमा उपचारको लागि लैजादै गर्दा ज्यान् गएको जनाइएको छ ।

उक्त दुर्घटनामा परी अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले राससलाई जानकारी दिए ।

आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिए । बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ ।

उनका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.