नेपालमा कोरोना संक्रमणदर बढ्दो

नेपालमा कोरोना संक्रमणदर बढ्दो

पोखरा।नेपालमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको एकहजार ५३९ पीसीआर परीक्षणमा ७२ जना र एकहजार ७६ एन्टिजेन परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६५६ जना निको भएका छन् । हाल नेपालमा ६०५ सक्रिय संक्रमित आइसोलसेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.