गोरखा। नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्यमा गोरखाका आठ जना नेता परेका छन् ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा गोरखा जिल्लाका आठ जना पोलिटव्यूरो सदस्यमा परेका हुन् ।
गोरखाबाट पार्टीका बरिष्ठ नेता नारायणणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, लेखनाथ न्यौपाने, अमर बहादुर तमु, सुशीला सिम्खडा, परशुराम रम्तेल र चूडामणी खड्का पोलिटव्यूरो सदस्यमा परेका हुन् ।
उनीहरू दुई पटक माओवादीको केन्द्रीय सदस्य भएका नेता हुन् । पोलिटव्यूरो सदस्य हुन कम्तिमा दुई पटक केन्द्रीय सदस्य भएको हुनुपर्ने भएकाले उनीहरू मात्रै समेटिएका हुन् ।
पार्टीमा लामो समय जिल्ला ईन्चार्ज भएका कृष्ण धिताल भने छुटेका छन् । प्रचण्डले प्रस्ताव गरेको सूचीमा उनी अटाउन सकेनन् । गोरखा पार्टी भित्र जनार्दन शर्मा र बर्षमान पुन लाईन जवरजस्त रूपमा मैलाएको छ ।
जिल्ला पार्टी भित्र जनार्दन शर्मा लाईनका भनेर चिनिएका अधिकारी, खड्कालगायतका नेता हुन् भने बर्षमान लाईनका रम्तेल लगायतका नेता समेटिएका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.