राष्ट्रपतिद्धारा दुई देशका लागि राजदूत नियुक्त

राष्ट्रपतिद्धारा दुई देशका लागि राजदूत नियुक्त

पोखराराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गर्नु भएको छ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सोमबार गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत भरतकुमार रेग्मीलाई इजिप्टका लागि सुशीलकुमार लम्साललाई आवासीय नेपाली राजदूतमा नियुक्त गर्नु भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.