गोरखा। मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी गोरखाका एक युवकको मृत्यू भएको छ ।गोरखा नगरपालिका ५ पस्लाङमा भएको बा ६५ प ५०५६ नंबरको मोटरसाइकल दुर्घटनामा परी २५ बर्षीय स्थानीय प्रतीक थापा मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।साँझ साँढे आठ बजे गोरखा बजारबाट घरतर्फ जाँदै गर्दा काँडेतारबारमा अल्झेर मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका उनलाई अस्पताल ल्याएपछि उपचारको क्रममा मृत्यू घोषणा गरिएको वडाअध्यक्ष खिलबहादुर रानाले जानकारी दिए ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.