ऐन बिपरित एमालेको अर्थ विभागमा रहेका गर्भनर अधिकारीको शैक्षिक योग्यतासमेत अपुग

ऐन बिपरित एमालेको अर्थ विभागमा रहेका गर्भनर अधिकारीको शैक्षिक योग्यतासमेत अपुग

पोखरा। राष्ट्र बैंक ऐन, २०५८ बिपरित नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिकयोग्यतासमेत अपुग रहेको भेटिएको

राष्ट्र बैंक ऐनले गभर्नर हुनका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने अनिवार्य सर्त राखेको तर, गभर्नर अधिकारीले अर्थमन्त्रालयमा गत बैशाखमा बुझाएको व्यक्तिगत बिबरण (बायोडाटा) मा स्नातक तह मात्रै पास भएको बिबरण पेश गरेका छन् उनले पेश गरेको व्यक्तिगत बिबरणअनुसार सन् १९८९ मा काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तहउत्तिर्ण गरेका हुन्

उनले भारतको एक चाटर्ड एकान्टेन्ट पढाई हुने कलेजबाट सन् १९९३ मासिएपढाई सकेको जनाएका छन् सिएअध्ययनलाई स्नातकोत्तर उत्र्तिण सरह मान्यता हुने दाबी गर्दै उनले गभर्नर पदमा २४ चैत, ०७६ मा नियुक्ती लिएका थिए

तर, नेपाल सरकारले सिए अध्ययनलाई स्नातकोत्तर तहको मान्यता दिने बिषयमा कुनै निर्णय नगरेको त्रिभुवन विश्वविद्यलयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको

सिए उत्तिर्ण स्नातकोत्तर तह उत्तिर्ण बराबरको समकक्षता प्रदान गरे/नगरेको बारे लिखित जानकारी पाउँ भनि पाठ्यक्रमविकास केन्द्र समक्ष दिएको निवेदन पश्चात् केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. पारसनाथ यादवले ११ बैशाख, ०७९ मालिखित जानकारी दिएका थिए

उनका अनुसार स्नातक पास भई सिए उत्तिर्ण गर्नेहरुको हकमा कस्तो समकक्षता हाँसिल हुन्छ भन्ने बिषयमा कुनै निर्णय भएकोछैन नेपालबाट स्नातक तह उत्तिर्ण गरी अन्य मुलुकबाट सिए उत्तिर्ण गरेमा कस्तो समकक्षता निर्धारण हुन्छ भन्ने सम्बन्धमासिएको समकक्षताको बारेमा यस केन्द्रको उपाधि मान्यता तथा समकक्षता निर्धारण समितिको मिति २०७८ असार २१ गतेकोनिर्णय निर्णायर्थ त्रिवि प्राज्ञिक परिषदमा पठाउने भन्ने निर्णय भए बमोजिम त्रिवि प्राज्ञिक परिषदमा पठाइएको हालसम्मप्राज्ञिक परिषद्बाट निर्णय भई नआएकाले हाल स्नातकोत्तरको समकक्षता प्रदान नगरिरहेको व्यहोरा जानकारी गराइन्छकार्यकारी निर्देशक यादवले पत्र मार्फत भनेका छन्

पाठ्यक्रम विकास केन्द्रको यो पत्रले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता स्नातक तहसम्म मात्रै रहेको पुष्टि हुन्छ तर, उनले सरकारलाई समेत गुमराहमा राखेर गभर्नर पदमा नियुक्ती लिएका छन्

बिज्ञहरुले कमजोर शैक्षिक योग्यताकै कारण गर्भनरले पछिल्लो अर्थव्यवस्था अनुसार मौद्रिक नीतिहरु कार्यान्वयन गर्ननसकेको बताएका छन् शैक्षिक योग्यता नपुगेको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त हुँदा पदिय योग्यताकोअभाव, पदिय क्षमता ज्ञानको अभाव तथा इमान्दारिता, निष्पक्षता, तटस्थता कायम गर्न नसकेको, समन्वय समस्यासमाधान गर्न नसकेको देखिन्छएक पूर्व गभर्नरले भने, ‘शैक्षिक योग्यता नै नपुगेका व्यक्तीले गभर्नर पदमा बस्दा निजले पाएकोओहोदा अनुसार जिम्मेवारी, कर्तव्य वहन गर्न सकेको देखिदैन जसको प्रमाण अहिलेको अर्थव्यवस्थामा परेको दबाब हो

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.