गोरखा।गोरखाको गण्डकी गाउँपालिकाले गाउँपालिका अन्तर्गत करारका कर्मचारी हटाएको छ ।गाउँपालिकाको बसेको गाउँकार्यपलिका बैठकले आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो । उक्त निर्णय साउन १ गतेदेखिनै लागु हुने पालिकाले जनाएको छ ।
उक्त निर्णय शुक्रवार बस्ने गाउँसभामा लगिने छ । पालिकाको यो निर्णयले ७० जना करारका कर्मचारी सेवाबाट हट्ने छन् ।पालिकाले करार सेवामा रहेर पालिकाको सेवा र सहयोग पुऱ्याएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.