Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

पोखराको विन्ध्यवासिनी मावि नेपालकै उत्कृष्ट पाँचमा पर्न सफल

loading views..
Nepal Telcome

पोखरा।शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा राष्ट्रिय विद्यार्थी उपलब्धि परीक्षण(NASA) र कार्यसम्पादन परीक्षण (PA) का नतिजा कार्यान्वयन सम्बन्धी गण्डकी प्रदेश स्तरीय नतिजा प्रबोधीकरण तथा योजना तर्जुमा गोष्ठी टीका रिसोर्ट पोखरामा यही असार २९ गते गण्डकी प्रदेशका  शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास माननीय मन्त्री मेखलाल श्रेष्ठ, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पाैडेल , पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य , विभिन्न पालिका प्रमुखहरु प्रशासकीय प्रमुख, शिक्षा प्रमुख एवम् प्रधानाध्यापक, शिक्षकहरुको उपस्थितिमा सम्पन्न भयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा देशभरिका ५ ओटा विद्यालयले ९०% भन्दा माथिको नतिजा ल्याउन सफल भए  जसअनुसार पोखरा-१६ स्थित विन्ध्यबासिनी माबि देशभरिको नतिजाको आधारमा ९४% अङ्क प्राप्त गरी उत्कृष्ट पाँचमा परेको छ ,साथै गण्डकी प्रदेशमा निर्धारित ९०% भन्दा माथि नतिजा ल्याउने विन्ध्यवासिनी मावि एक मात्र विद्यालय हो
अन्य ४ ओटा विद्यालय अन्य प्रदेशका हुन्।
६२ जिल्लाका ५१४३ सामुदायिक विद्यालयलाई आधार लिइएको उक्त परीक्षणमा विद्यालयमा लगानी,प्रक्रिया र उपलब्धि लगायत ७९ सूचकको प्रयोग गरिएको थियो ।
कक्षा १ देखि १२ सम्म पढाइ हुने विन्ध्यबासिनी मावि यस क्षेत्रकै उत्कृष्ट विद्यालयमा पर्दछ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विभिन्न ७९ सूचकको आधारमा परीक्षण गर्दा गण्डकी प्रदेशको एक मात्र र देशभरिको ५ मध्यमा पर्न सफल विद्यालयमा बिभिन्न पक्षको योगदान अतुलनीय छ । विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, प्रधानाध्यापक एवम् शिक्षक कर्मचारीको भूमिका महत्त्वपूर्ण छ । विद्यालयको अध्यक्ष चन्द्रा थापा र प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायत सम्पूर्णको प्रयत्‍नले भौतिक एवम् शैक्षिक गुणस्तर उत्कृष्ट बन्दै गएको छ ।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link