गोरखा। गोरखामा १५ दिने कालीगढ सम्बन्धी तालिम समपन्न भएको छ । नारायण ट्रेडर्सद्वारा आयोजित तालिममा गोरखामा कार्य क्षेत्रबनाएर सुनचाँदी समबन्धी काम गर्दै आएका २८ जना युबाले तालिम लिएका थिए । बिहिबार समपन्न भएको समापन कार्यक्रममाकालीगढ समबन्धी तालिम लिएका युबालाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अथिति गोरखा नगरपालिकाका मेयर कृष्ण रानालेतालिममा सिकेका कुराहरु ब्यबहारमा लागु गर्न , बेरोजगारी समस्या समधान गर्न आफ्ना खुट्टामा उभिन तालिमले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने विश्वास व्यक्त गरे। युवालाई स्वादेशमा आत्म निर्भर बनाउन नगरपालिका सधै तत्पर र लागी पर्ने कुरामा विश्वासदिलाए। सदरमुकामको एक होटलमा गरिएको तालिम राजेश सुनारको अध्यक्षतमा भएको थियो भने कार्यक्रममको सञ्चालन नबराज सुनारले गरेका थिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.