Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

सवारी साधन दर्ताको प्रमाणपत्रको नवीकरण गर्दा विलम्ब शुल्क हटाइने

loading views..
Nepal Telcome

पोखरा।गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय नियमावलीको संशोधनमा जुटेको छ । प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको ऐनमा सवारी साधन दर्ताको प्रमाणपत्रको नवीकरण गर्दा विलम्ब शुल्क अस्वभाविक भएपछि त्यसको संशोधन गर्ने तयारीमा मन्त्रालय जुटेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

प्रदेश सरकारले ०७६ कार्तिकमा ल्याएको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको ऐनको दफा ३५ को उपदफा ४ मा म्याद नाघेर सवारी साधन दर्ताको नवीकरण गर्ने सम्बन्धी व्यवस्था रहेको छ । सो दफा अनुसार सवारी साधनको नवीकरण गर्ने म्याद सकिएका सवारी साधनका धनीले ३ महिनाभित्रमा नवीकरण गर्नुपर्ने हुन्छ ।

 

सोही ऐनको दफा ३५ को उपदफा ४ मा सवारी साधनको नविकरण सकिएका सवारी साधन धनीले म्याद नाघेको पहिलो आर्थिक वर्षमा नवीकरण गर्दा १ सय प्रतिशत, दोस्रो आर्थिक वर्षमा २ सय प्रतिशत, तेस्रो आर्थिक वर्षमा ३ सय प्रतिशत, चौथो आर्थिक वर्षमा ४ सय र पाँचौ आर्थिक वर्षमा ५ सय प्रतिशत नवीकरण दस्तुरको अतिरिक्त शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

सो व्यवस्था अनुसार समयमा नै नवीकरण गर्न छुटेका व्यक्तिहरुलाई जरिवाना तिर्न अस्वभाविक शुल्क लाग्ने भएपछि मन्त्रालयले त्यसलाई परिमार्जन गर्न तयारी गरेको मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले बताए ।

‘अहिले मन्त्रालयले कर्मचारीतहबाट ड्राफ्ट बनाउने काम गरिसकेको छ, अब मन्त्रीस्तरको निर्णयबाट अगाडि बढ्छ होला, कानूनमार्फत् अगाडि बढाउने की अर्थमार्फत् भन्ने कुरामा छलफल भइरहेको छ,’ प्रवक्ता पौडेलले भने । ऐनमा भएको व्यवस्थालाले नवीकरणमा छुटेका सेवाग्राहीलाई मर्का पर्ने कुरामा मन्त्रालयले महशुस गरेको उनको भनाइ छ ।

ऐनअनुसार गत आर्थिक वर्षमा म्याद गुज्रिएर नवीकरण गर्न छुटेका सेवाग्राहीलाई साउन १ गतेबाट नै अतिरिक्त शुल्क लाग्छ । सेवाग्राहीलाई पर्ने मर्कालाई ख्याल गर्दै साउन महिनाभित्रमा नै ऐन संशोधन गर्ने तयारी गरेको मन्त्रालयले बताएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link