Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

भीमसेन थापा गाउँपालिकामा वडा-वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु

loading views..
Nepal Telcome

गोरखा।गोरखाको भिमसेन थापा गाँउपालिकाले हिजोदेखि वडावडामा पुगेर बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । अपांगता भएका तथा जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिन पालिकाको केन्द्र सम्म धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै गाउँपालिकाले बैंकसंगको सहकार्यमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा नम्बर १ स्थित मसेलबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरेको गाउँपालिकाले जनाएको छ । ‘बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मी समेत परिचालन गरि आबश्यक सवै प्रवन्ध गाउँपालिका कार्यालयले मिलाएको छ, उहाँले भन्नुभयो, ‘भत्ता लिनका लागि हैरानी खेप्नु परेको लाभग्राहीको चर्को गुनासो थियो हामीले पालिकामा नेतृत्व लिएसंगै अब वडावडामा नागरिकहरुले सुबिधा पाउन थालेका छन् ।’

गाउँपलिकाले आज वडा नं. २ मा, १२ गते, वडा नं. ३ मा, १५ गते वडा नं. ५ मा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण गरिने कार्य तालिका रहेको छ । त्यस्तै वडा वडा नं. ७ मा १६ गते र वडा नं. ८ मा १७ गते लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अध्यक्ष बन्जारले जानकारी दिनुभयो । वडाबाट नै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरु खुशी भएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link