गण्डकी प्रदेशमा एसइईको समग्र रिजल्ट कस्तो आयो त …

गण्डकी प्रदेशमा एसइईको समग्र रिजल्ट कस्तो आयो त …

  • बिहिबार, साउन १२ २०७९

पोखरा। राष्ट्रिय परीक्षा बोर्डका अनुसार गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ७८४ रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ३५०१, २.८ देखि ३.२ जीपीए ल्याउने ७०८७ रहेको बोर्डले जानकारी दिएको छ ।प्रदेशभर एसइई परीक्षामा ४६ हजार १ सय ९१ विद्यार्थी सहभागी भएका थिए । प्रदेशका ११ वटै जिल्लाबाट १ हजार ३ सय ४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १ सय ५५, प्राविधिक धारतर्फ ८ सय १५ र ग्रेड वृद्धितर्फ २ सय २१ विद्यार्थी सहभागी थिए ।देशभर पाँच लाख १४ हजार पाँच सय ७७ जना विद्यार्थी एसईई परिक्षामा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.