गोरखा। गोरखामा निष्पक्ष पत्रकारिता गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल खासगरिकन जनपक्षिय पत्रकारितामा अनबरत रूपमा कलम चलाउँदै आएका बहु प्रतिभाशाली पत्रकार दीपक श्रेष्ठ(जलन) प्रेस सेण्टर नेपालको उप-महासचिवमा सर्वसम्त निर्वाचित भएका छन्।
उनी गोरखामा रहेको लोकप्रिय मनासुलु एफएमका स्टेशन मेनेजरमा हुन ।लामो समयदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रहेका छन् ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा (शुक्रबार)देखि जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले २० जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव गरि ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.