Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

देशको मुहार फेर्न र देश बनाउन एमाले जित्ना पर्छ

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।आगामी आम निर्वाचनमा सत्ताधारी गठबन्धनले चुनाबी तालमेल गर्ने बिषय तर्फ संकेत गर्दै  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताए ।

‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’

अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतीमा लगेको भन्दै ओलीले उनीहरुले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने बताए । देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने उनले दोहोर्‍याए ।

सत्तारुढ गठबन्धनका नेताहरुको कुनै गन्त्व्य नै नभएको उनले आरोप लगाए । ‘मोहन विक्रम सिंहको गन्तव्य के हो भन्दा–प्युठान, आआफ्ना छन्, शेरबहादुरको के हो भन्दा–म्याडम साहेबा, प्रचण्डको गन्तव्य के हो भन्दा–सुपुत्री,’ ओलीले भने, ‘यस्ता यस्ता गन्तव्य लिएर हिंडेका छन् यिनीहरु, त्यसका लागि जे पनि गर्छन् । जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन् ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link