Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नारायणकाजी श्रेष्ठ पार्टीको कार्यवाहक अध्यक्ष

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टीको कार्यवाहक अध्यक्ष भएका छन् । अध्यक्ष प्रचण्ड ५ दिने भ्रमणका लागि हिजो राती जापान प्रस्थान गरेपछि श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । प्रचण्डले श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेका छन् ।

नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ।

पार्टी प्रवक्ता कृष्ण बहादुर महराले एक विज्ञप्ति जारी गर्दै साउन २० देखि २४ गतेसम्मका लागि श्रेष्ठलाई प्रचण्डले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गराएका छन्।

नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा सचिवालयका ३ सदस्यसहित प्रचण्ड शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानमा जापान गएका छन् ।

भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल, गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण शर्मा पनि छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link