बाबुराम डेट एक्स्पाएर नेता हुनःसौगात पोखरेल

बाबुराम डेट एक्स्पाएर नेता हुनःसौगात पोखरेल

  • आइतबार, साउन २२ २०७९

बाबुरामको नयाँ पार्टी केहि व्यक्तिहरूको पोलिटिकल म्यानेजमेन्टको लागि मात्र हो । त्यो भन्दा अर्को कुनै औचित्य पुष्टि नहोला । जसरी रेणु दाहालका लागि प्रचण्ड जे पनि गर्नसक्छन त्यस्तै बाबुरामले मानुषीका लागि गरिरहन्छन् । गोरखाबाट आफूले जित्न र काठमाडौंबाट मानुषीलाई उनले जे पनि गर्न तयार हुन्छ । यसो भन्दा मानुषी क्षमतावान शिक्षित हो भन्न पनि सक्छन तर सत्य उनी भन्दा क्षमतावानहरु उनका बालाई प्रश्न गरेको आधारमा राजनीति भन्दा बाहिर छन् । नयाँ शक्ति निर्माणको क्रममा बाबुरामलाई क्रोनिक्यापिटालिज्मले कसरी घेरेको छ धेरैलाई थाह छ । कसरी भन्नुस भने म तिथिमिति खुलाएर घटनाहरु भनौला । अघिल्लो निर्वाचनमा प्रचण्डले बेवास्ता गर्दा ट्याम्पो चढेर लालसलाम गर्न प्रज्ञा भवन को गयो ? फेरि धोका भो भन्दै देउवा शरण पर्न को गयो ? अरु पार्टी भित्र परिवारको हालिमुहालीको त कुरै नगरम । सत्तरी कटेपछि राजनीति गर्दिन भनेर हल्ला चलाउने बाबुरामलाई पद भनेपछि र्‍याल आइहाल्छ । पदका लागि र परिवारका लागि जे पनि गर्न तयार हुने प्रचण्ड र बाबुराम बीचमा खाश केहि अन्तर छैन । खास कुरा यत्ति हो । दुवै डेढ एक्सपाएर औषधी हुन र राजितीका वाइप्रोडक्ट हुन ।
त्यो भन्दा नि प्रचण्ड वावुरामका कार्यकर्ता बीचमा ठुलो समानता दुवैलाई प्रश्न गर्नु अपराध गर्नुजस्तो लाग्छ ।उनीलाई प्रचण्ड र बाबुरामको आची पनि प्रसाद जस्तो लाग्छ र मुन्टो हल्लाउदै ग्रहण गरिरहन्छन् ।
अन्तमा त किन यति खेदो खन्छस भन्लान फेरि यिनिहरु देश वनाउछु भनेर थुप्रै मान्छेको बैंश खाए । हजारौको बैश खाए पनि देश बनाएन् । थुप्रैको सपनामाथि खेले ,घाइतेहरू उपचार नपाएर मर्नुपर्ने अबस्था आयो जनयुद्ध कमान्डरहरू जसले जाति तमसुक च्यादै हिडे उनीहरू फेरि अयोग्यताको प्रमाणपत्र बोकेर मुखियासँग ऋण मागि प्रदेश भासिनुपर्यो । शहीद परिवारको बिचल्ली भो । राजनीतिमा धन र वलबानहरुको जबरजस्त हावी भो यीनीहरुलाई बिचारको चिन्ता भएन सत्ता र शक्तिको लागि जोसँग पनि सुत्न र सुताउन तयारहुने राजनीतिक बेश्यागमनको अन्त्य जरुरी छ । प्रचण्ड र वाबुरामको राजनीति नै पुरानो भनाइपछि शेरे र ओलीको के कुरा गर्नु उनीहरू त झन खराब छन् । राजनीतिमा पुरानो पुस्ताको बिदाई जरुरी छ । यीनिहरुको फोहोर खेल बढि भो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.