Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

प्रचण्डको जापान भ्रमण पुर्ण रूपमा सफल

loading views..
Nepal Telcome

टोकियो।जापानमा भब्य स्वागत पाएर करिब एक साता पछि आज नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । उनलाई जापानमा बिदाईको नारिता एर्पोर्टमा जनप्रगतिशील मञ्चका पूर्ब अध्यक्ष तथा समाजसेबी हवलचन्द्र लामा लगायतको टिमले भब्यतबरबाट बिदाई गरेको थियो।अध्यक्ष प्रचण्ड जापानको साता ब्यापी भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका हुन् ।

जापानमा रहँदा प्रचण्डले उच्चस्तरीय तथा महत्वपूर्ण भेटघाट गरेका थिए ।भेटघाटको सम्पूर्ण चाँजोपाँजो हवलचन्द्र लामाको नेतृत्वमा भएको थियो।त्यसो त बादलको झुण्डमा रहेर  पनि एमालेमा जान खुट्टा उचालेर बसेका केही पात्रलाई मञ्चको जिम्मेबारी दिए अनुशारको जिम्मेबारी पुरा नगरेर आफुलाई सर्बेसर्बा घोषणा गरेर आम नेता तथा कार्यकर्ता पङ्तीलाई नेतृत्वसँग भेट्न ,बोल्न, फोटो खिचाउन समेत नदिएकोमा  ठुलै तप्काको चित्त दुखाई रहेको थियो।अध्यक्षलाई समेत जबरजस्ती बिबादमा तान्न अनाबश्यक तबरबाट लागि पर्ने कोही पात्रको कोट बोक्ने प्रबृत्तिले केही आलोचनाहरु भए पनि सारमा अध्यक्षको भ्रमण पूर्ण रुपमा सफल भएको कुरा स्पष्ट नै भएको कुरा छर्लंग नै छ।

दाहाल नेपाली जनप्रगतिशील मञ्च, जापानको निम्तोमा जापान पुगेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link