खड्ग प्रसाद ओलीका हरेक निर्णय पार्टी बिधान बिपरित

खड्ग प्रसाद ओलीका हरेक निर्णय पार्टी बिधान बिपरित

  • मंगलबार, पौस ७ २०७७

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा भएको भेलाबाट केन्द्रीय समिति विस्तार गर्ने निर्णय लिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले १ तिहाई केन्द्रीय सदस्य भएको बैठकले झण्डै २ तिहाई सदस्य संख्या थप्नु स्वीकार्य हुन नसक्ने बताए ।

बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो । यसअघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्ष भित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा पाएपनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार ओली पक्षको तर्क छ । जसमा हाललाई १ हजार ३ सदस्सीय बनाइएको छ भने बाँकी संख्या क्रमशः थपिनेछ । प्रचण्ड

तर प्रचण्डले आफूपक्षीय केन्द्रीय समिति बैठकमा ओलीले बोलाएको बैठक अवैधानिक रहेको जिकिर गरे । उनले आफूहरुले बोलाएको बैठक नै वैधानिक रहेको समेत बैठकलाई सम्बोधनका क्रममा बताए ।
‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु । यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो’, उनले भने ।

संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन्  भन्ने विश्वासमा आफू रहेको पनि उनले बताए ।
प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने पनि बताएका छन् । उनले दुई नेतासँग आफूले मंगलबार बिहानमात्रै कुराकानी गरेको भन्दै उनीहरुलाई यो बैठकले देख्न चाहेको पनि बताए ।

प्रचण्डले आफूहरुले नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रतिनिधित्व गरेको दावी पनि गरे । ‘यहाँ (बैठकस्थलमा) तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठुलो उपस्थिति छ,’ उनले भने, ‘त्यसैले यो ती दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यो नै हो ।’

उनले नेकपाको केन्द्रीय समिति बैठक यही भएको दावी गर्दै अगाडि भने, ‘केन्द्रीय समिति बैठकका लागि आवश्यक सबै वैधानिकता यो बैठकमा छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.