Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

माओबादीको चुनाव चिन्हमा चुनाव लड्न प्रचण्डसँग बाबुरामको याचना

loading views..

ललितपुरनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान हात्तीवनस्थित एक घरमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको हो । बैठकमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । त्यसक्रममा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको बताइएको छ ।

माओवादीनिकट स्रोतका अनुसार करिव एक घण्टा भएको भेटवार्तामा भट्टराईले मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका थिए । त्यसको जवाफमा प्रचण्डले ‘सल्लाह गरेर निष्कर्षमा पुगौँला’ भनेका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्