Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

आईओसीबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

loading views..
Nepal Telcome

पोखरा।भारतीय आयल कर्पोरेसन (आईओसी) बाट तेस्रो पटक इन्धनको मूल्य घटेर आएको छ ।आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार डिजेलको भाउ प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । साउन १६ गते डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा तथा साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले इन्धनको मूल्य घटाएको छैन । पछिल्लो पटक मूल्य घटेसँगै नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा भएको छ भने डिजेलमा भने ५ रुपैयाँ घाटामा छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारी नै छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ । भारतीय बजारमा पछिल्लो एक महिनामा पेट्रोलको मूल्य ५५.३० प्रतिशत र एलपीजी ग्याँसको मूल्य ३२ प्रतिशतले कमी आएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link