गोरखामा साढे ३ करोड रुपैयाँ लागतमा अत्याधुनिक सुबिधा ब्लड बैंक सञ्चालन

गोरखामा साढे ३ करोड रुपैयाँ लागतमा अत्याधुनिक सुबिधा ब्लड बैंक सञ्चालन

गोरखा।गोरखा जिल्लामा साढे ३ करोड रुपैयाँ लागतमा अत्याधुनिक सुबिधा ब्लड बैंक सञ्चालनमा आएको छ ।

गोरखा लगायतका आसपासका जिल्लामा समेत रगत अभावका हुन नदिन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले जिल्लामा व्लड बैकं स्थापना गरेको हो ।

बैक स्थापनाका लागि सम्पूर्ण मेसिनहरु जडान भएको करिब ३ बर्षपछि रक्त सञ्चार केन्द्रको स्थापना गरिएको नेपाल रेडक्र सोसाईटी गोरखा शाखाका कार्यालय प्रमुख सुवास घिमिरले जानकारी दिनुभयो । ‘बेल्जियम रेडक्रस सोसाइटी अन्तरगतको ग्याप नामक संस्थाको सहयोगमा करिव साढे ३ करोड रुपैया बराबरको प्राबिधिक सहयोगमा मेसिन जडानको काम भएको थियो, उहाँले भन्नुभयो, ‘ब्लड बैंकलाई पूर्णरुपमा सञ्चालनमा ल्याएसंगै अब सजिलो भएको छ ।’

सदरमुकाममा रहेको पुरानो शिक्षा कार्यालयको भवनमा बैंक सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनमा आएसंगै यसले आसपासका क्षेत्रमा समेत रगत नहुने उहाँले बताउनुभयो । बैंक स्थापना भएपछि जिल्ला भित्र किड्नी डायलाइसिसका बिरामीहरुलाई डायलाइसिसका लागि काठमाण्डौ लगायतका शहर धाउनु नपर्ने उहाँको भनाई छ ।

‘गोरखामा स्थापना गर्न लागिएको व्लडबैंकमा रगतसंगै रक्ततत्वहरु (रातो रगत, प्लेट्स लेस र प्लाज्मा) तयार पारी रक्तस्राब भएका बिरामीहरुलाई दिदा धेरै बिरामीहरुलाई मुत्युबाट जोगाउन सकिन्छ ।’ त्यस्तै रगत नभई नहुने (हेमोफिलिया, थेलोजमिया) का बिरामीहरुका लागि समेत ब्लड बैंकबाट रगतको सुबिधा हुने नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले जनाएको छ । बैंक स्थापना संगै जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीहरु रगत अभावका कारण यस अघि पोखरा, चितवन, नारायणघाट, काठमाण्डौ लगायतका शहरमा लैजानु पर्ने बाध्यताको अन्त्य हुने जिल्ला सभापति यदुबिलास भट्टराईले जानकारी दिनुभयो ।

‘अब रगतको अभाव कै कारण बिरामीलाई उपचारका लागि बाहिर लैजानुपर्ने अबस्था हुदैन, उहाँले भन्नुभयो, गोरखामा स्थापना गरिएको ब्लड बैंकमार्फत अरु जिल्लामा समेत रगत हुन समस्या हल गर्न हामी पहल गर्छौै ।’ रक्त सञ्चार केन्द्रको जिल्ला समन्व्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।कार्यक्रममा गोरखा नगरपालिकाका मयेर कृष्णरानामगर, उपप्रमुख मसली माया थोकर, शहीद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो । गोरखामा नेपाल रेडक्रस सोसाईटीले २०६६ सालदेखि आकस्मिक रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको थियो । कार्यक्रम जिल्ला शाखाका सभापति यदुबिलास भट्टराई अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.