Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माओबादी केन्द्रको महासचिवमा देव गुरूङ

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। लामो रस्साकसी पछि वरियतामा चौथो स्थानमा रहेका  माओबादीका नेता देव प्रसाद गुरूङ नेकपा माओबादी केन्द्रको महासचिवमा प्रस्ताबित भएका छन्।त्यसो त महासचिवमा अनन्तलाई ल्याउने प्रचण्डको चहाना हुँदाहुँदै वरियताको कारण गुरूङ प्रस्ताबित भएको कुरा एक बरिष्ट नेताले पोखरा प्रेसलाई बताए।महाधिबेशन सम्पन्न भएको करिब आठ महिना पश्चात दुई नेताको चर्को दबाब खेपेका अध्यक्ष प्रचण्डले वर्षमान पुनलाई महासचिवको रुपमा हेर्न चाहेका थिए तथापि जनार्दन शर्माको कडा  बिरोधको कारण  देव प्रसाद गुरूङलाई महासचिव दिने निचोडमा पुगेको अनन्त निकट एक पोलिटब्युरो सदस्यले पोखरा प्रेसलाई बताए।

फायल फोटो

पेरिसडाँडामा आज बसेको  बैठकमा अध्यक्ष प्रचण्डले देव गुरूङलाई महासचिव साथै महासचिवका प्रबल दाबेदारद्वय वर्षमान पुन,जनार्दन शर्मालाई लगायत पम्फा भुषाल ,शक्ति बस्नेत, मात्रिका यादव,गिरिराजमणिलाई उपमहासचिवमा ब्यबस्थापन गर्न यो पटक  सफल भएका छन्।त्यसो त नारायणकाजी श्रेष्ठ बरिष्ठ उपाध्यक्ष र कृष्ण बहादुर महरा उपाध्यक्ष घोषणा गरिसेकाका थिए।मन्त्री बन्नसधै लालायित दिननाथ शर्मा र गणेश साह सचिव भएका छन्। त्यसो त देबेन्द्र पौडेल,लिलामणि पोखरेल,हितमान शाक्य,हितराज पाण्डे,डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताबित गरिएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link