Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

भरतपुर महानगरपालिकाले गऱ्यो प्रमुख प्रसाशकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता

loading views..
Nepal Telcome

भरतपुर। भरतपुर महानगरपालिकाले सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन प्रमुख प्रसाशकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगर मातहतका ४ वटा महाशाख, ३३ वटा शाखा र २९ वडा कार्यालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गरिएको छ ।
<span;>कार्यालयले मासिक रुपमा सम्पादन गर्नुपर्ने कार्यको सूचक निर्धारण गरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीबीच सोमबार महानगर सभाहलमा कार्यसम्पादन करार सम्झौता भएको हो । एक वर्षे कार्यअवधि रहेको कार्यसम्पादन सम्झौताले निर्धारण गरेका सूचकको मासिक, चौमासिक, वार्षिक रुपमा सम्झौता गर्नेले सम्झौता गराउनेलाई प्रतिवेदन बुझाउनु पर्ने करार सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, महाशाखा प्रमुख, शाखा प्रमुखसँग सम्वन्य गरी योजनाहरुलाई अघि बढाउनुका साथै भ्रष्टाचारजन्य क्रियाकलापसमेत हुन नदिने सम्झौतामा उल्लेख गरिएको छ । कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्यांकनसँग आबद्ध गरिनेछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link